Logo

माइतीघर निषेधित क्षेत्र तोकिएपछि आन्दोलनको ‘इपिसेन्टर’ बन्दै भृकुटीमण्डप



काठमाडौं, २६ चैत्र । प्रशासनले काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र तोक्दा अहिले आन्दोलन, संघर्ष र प्रदर्शनको इपिसेन्टर भृकुटीमण्डप बनेको छ । पछिल्लो एक सातामा भृकुटीमण्डपमा ठूला दुई वटा प्रदर्शन भए । प्रभु साह नेतृत्वको आम जनता पार्टीले यही शनिबार जनप्रदर्शनसहितको बृहत्त खबरदारी सभाको आयोजना गरेको थियो । राजेन्द्र महतोले पनि भद्रकाली आसपासमा प्रदर्शन गरेका थिए ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भोलि चैत्र २७ गते यही भृकुटीमण्डपमा बृहत्त प्रदर्शन गर्ने भएको छ । राप्रपाका नेताहरुले देशको अवस्था बदल्नको लागि व्यवस्था बदल्नको लागि भोलिको प्रदर्शन कामयाबी हुने दाबी गरेका छन् । यसअघि काठमाडौंमा आन्दोलनको इपिसेन्टर मानिएको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको रोड अहिले निषेधित क्षेत्र तोएिको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत मंसिर ४ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको थियो । एक महिनाको लागि तोकिएको निषेधित क्षेत्र अहिलेसम्म कायमै छ । योबीचमा राजेन्द्र महतोले नै निषेधित क्षेत्र तोड्ने भन्दै माइतीघरको सेन्ट जेभियर्स जाने सडकमा प्रदर्शन गरेका थिए । तर, प्रहरी प्रशासनले बल प्रयोग गर्दा नेता तथा कार्यकर्ताहरु घाइते भएका थिए ।

गत वर्ष मंसिर ४ गते काठमाडौंका विभिन्न संवेदनशील क्षेत्रमा निषेधित क्षेत्रको आदेश दिँदा गृहमन्त्रीको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए । अहिले गृहमन्त्रालयको नेतृत्व रवि लामिछानेले सम्हालेका छन् । गत वर्ष मंसिरमा एमालेको युवा संघ र दुर्गा प्रसाईंले आन्दोलनको लागि एउटै क्षेत्र माइतीघर रोज्दा तत्कालिन अवस्थामा प्रशासनले शान्ति तथा सुव्यवस्था कायम गर्नको लागि सो क्षेत्रलाई निषेधित क्षेत्र तोेकेको थियो । तर, आज यत्तिका महिना बितिसक्दापनि प्रशासनले भने माइतीघरलाई निषेधित क्षेत्रबाट फुकुवा गरेको छैन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot