Logo

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै



काठमाडौं, २६ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले आज बस्ने प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको थियो । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले तीन दिनका लागि संसदमा अवरोध रोकेको थियो ।

कांग्रेसले सरकारलाई छानबिन समिति लिएर आउन चैत २१ गतेसम्मको अल्टिमेटम दिएको थियो। तर सो अवधिसम्म पनि सरकारले कांग्रेसको माग अनुसार समिति नबनाएपछि अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा हिजोको बैठकमा छलफल भएको थियो । कांग्रेसले आज बस्ने संसद् बैठकसमेत चल्न नदिने अडान कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot