Logo

लुटकारी व्यवस्था र दलतन्त्रको विरुद्ध निर्णायक आन्दोलन गर्ने प्रभु साहको उद्घोष



काठमाडौं, २ बैशाख । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको लुटकारी व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गर्ने उद्घोष गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद साहले देशमा अहिले लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको र केही मुठ्ठीभरका नेताले शासन गरेको टिप्पणी गरेका छन् । उनले आफ्नो दलले जनताको पक्षमा दृढताका साथ कदम चालेको र अब दलतन्त्र र लुटकारी व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारी थालेको जानकारी दिए ।

नयाँ वर्ष २०८१ को अवसरमा बारामा आयोजित कार्यक्रममा बोल्दै साहले यस्तो बताएका हुन् । उनले देश दिनानुदिन आर्थिक हिसाबले पनि धराशयी बनेको र लुट मच्चाउनेहरुमात्रै रातारात मालमाल बनेको दाबी गरे ।

बारागढ़ी गाऊँपालिकाको करैया, गढ़ीमाई नगरपालिकाको सिमरा, सुवर्ण गाऊँपालिकाको औरैया, देवताल गाऊँपालिकाको पिप्राढी र पचरौता नगरपालिकाको पिपरपातीलगायतका गाऊमा सम्पन्न कार्यक्रममा सहभागीहरुले धोकेबाज नेता एवं लुटकारी ब्यवस्थाको विरुद्ध निर्णायक आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गरेको आजापाले जनाएको छ ।

कार्यक्रममा आजपा उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहालगायत नेताहरुको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदानप्रदानको साथै आफ्नो भनाई राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot