Logo

एमाले सचिवालय बैठक सुरू



काठमाडौं, २ बैशाख । नेकपा (एमाले) को सचिबालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुने जनाईएको छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही बैशाख ८ देखि १० गतेसम्म बस्ने कार्यतालिका छ । यसको अलावा आजको सचिवालय बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने जनाईएको छ । तस्विर स्रोत : बालकोट/फेशबुक



प्रतिक्रिया दिनुहोस्

Screenshot