Logo

सुहाङले चुनाव जित्नेमा ओली ढुक्क, अब संसद् भवनमै भेट्ने वाचा



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका बावजुदपनि इलामको उपनिर्वाचनको लागि पार्टीका उम्मेद्वार युवा नेता सुहाङ नेम्वाङलाई जिताउन फिल्डमै खटिए । उनी आजै काठमाडौंबाट झापा हुँदै इलाम उक्लिएका हुन् । पार्टीको अन्तिम चुनावी सभालाई ओलीले सम्बोधन गरेका हुन् । इलामको चुलाचुलीको चुनावी सभालाई सम्बोधन गरेका ओलीले सुहाङलाई जिताएर पठाउन इलामका जनतासँग अपिल गरे ।

आज राति १२ बजेबाट उपनिर्वाचनविशेष मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनुअघि ओलीले सामाजिक सञ्जालमा सुहाङसँगको आजको चुनावी सभाको तस्विर साझा गर्दै उनको जित सुनिश्चित् भएको दाबी गरेका छन् । उनले अब सदनमै भेट्ने भन्दै सुहाङको जित सुनिश्चित् भएको दाबी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि – सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद भवनमै भेटौँला !!



प्रतिक्रिया दिनुहोस्

Screenshot