Logo

मटिहानी आगलागी पीडितलाई तत्काल राहत र घर निर्माणको व्यवस्था गर्न प्रभु साहको माग



काठमाडौं, १३ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महोत्तरीको मटिहानीमा भएको आगलागी पीडितलाई यथाशक्य चाँडो घर निर्माण र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । अध्यक्ष साहले पीडितहरुको राहतको लागि सरकार र गैरसरकारी संघ तथा संस्थाहरुसमक्ष विशेष अनुरोध गरेका छन् । महोत्तरीको मटिहानीमा हिजो (बुधबार) झण्डै सय घर जलेर पूर्ण रुपमा नष्ट भएर ठूलो क्षति भएको छ ।

उक्त घट्नाप्रति दुःख व्यक्त गर्दै साहले यस्तो अपिल गरेका हुन् । उनले फेशबुक पेजमा लेखेका छन्–

महोतरी जिल्लाको मटिहानी नगरपालिकामा भएको आगलगीको घटनाप्रति दुःख व्यक्त गर्दै पीड़ितहरुलाई तुरन्त राहत स्वरूप क्षतिपूर्ति एवं घर निर्माणको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउदछु । साथै पीड़ितलाई राहतको लागि आवश्यक सहयोग गर्न गैरसरकारी संघ संस्थाहरुलाई समेत बिशेष अनुरोध गर्दछु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot