Logo

चौधरी फाउण्डेसनको सहयोगमा मदरसामा खानेपानी उपकरण जडान



नवलपरासी, बैशाख १८ । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको सुस्ता ४ नर्सही स्थित गोसीया अहले सुन्नत मदरसा (मदरसा) मा शुद्ध पिउने पानी ब्यवस्थापनका लागी पानी फिल्टर गर्ने खानेपानी उपकरण जडान गरिएको छ । शुद्ध खानेपानी समस्या रहदै आएको कक्षा ७ सम्मका १३० बिद्यार्थी अध्ययरत उक्त बिद्यालयमा खानेपानी फिल्टर गर्ने उपकरण जडान गरिएपछि बिद्यार्थीहरु लावान्भित बनेका छन् ।

मदरसा अवलोकन गर्दै चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिका चौधरीले फाउण्डेसनले बिद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै शुद्ध पिउने पानीको व्यवस्थापनका लागी उपकरण प्रदान गरी सहयोग गरिएको र फाउण्डेसनले यस क्षेत्रमा आगामी दिनमासमेत सामाजीक क्रियाकलाप गर्दै जाने बताइन् ।

सो अवलोकनको क्रममा बिद्यार्थी, अभिभावक तथा शिक्षकहरुले खानेपानी उपकरण जडान गरिएकोमा चौधरी फाउण्डेसनलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot