Logo

इलाममा पार्टीका उम्मेद्वार हारेपछि रवि लामिछानेको प्रतिक्रिया : जित्न सकिएन, सिक्न सकियो



काठमाडौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम–२ को उपनिर्वाचनमा पार्टीले व्यहोरेको हारबारे मुख खोलेका छन् । उनले चुनाव जित्न नसकिएपछि सिक्न सकिएको भन्दै चित्त बुझाएका छन् ।

उनले सो क्षेत्रबाट निर्वाचित एमालेका उम्मेद्वार सुहाङ नेम्वाङलाई कार्यकाल सफलताको शुभकामनासहित जितको लागि बधाई ज्ञापन गरेका छन् । उनले आफूहरुलाई दिईएको मत मतमात्रै नभएर ठूलो सन्देश भएको पनि उल्लेख गरेका छन् ।

उनले इफ, बट को सहारा नलिई सहर्ष पराजय स्विकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोधसमेत गरेका छन् । उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले फेशबुकमा लेखेका छन्-

इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङ जी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु। हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot