Logo

बैशाख ३१ र जेठ ३१ मा निर्वाचन हुँदैन, अब कार्तिकमा गर्नुपर्छ : सुमन



काठमाडौं, १६ बैशाख ।नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले संविधान संशोधन पास नभए सम्म चुनावमा भाग नलिने बताएका छन्। सुमनले बैशाख ३१ र जेठ ३१ गते दुवै मितिमा चुनाव हुन नसक्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले धेरै गञ्जागोल छ, हामी त संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’ उनले निर्वाचन आयोगले कमिसनको खेलमा हतारहतार गरेर मतपत्र छापेको समेत आरोप लगाए । उनले भने,‘उम्मेद्धारी भएकै छैन, तर मतपत्र हतार गरेर छाप्ने काम भयो, यो सबै कमिशनखोर हो ।’

उनले मौसमी र प्राविधिक कुराहरुको तयारीको लागि पनि चुनाव कार्तिकसम्मको लागी सार्नुपर्ने बताए । उनले माघ ७ गतेसम्म तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले अहिले पनि केही हतार नभएको प्रतिक्रिया दिए । उनले तीन तहकै निर्वाचन कार्तिकमा गर्न सकिने बताए ।

सुमनले संविधान जारी गर्दा हतारिँदाको परिणाम अहिले भोगिरहेका दलहरुले निर्वाचन गर्नपनि हतार गर्न नहुनेबारे सचेत गराए । उनले बैशाख ३१ मा चुनाव हुनै नसक्ने ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्