Logo

साउने अन्तिम सोमबार पशुपतिमा देखिएका दृश्य–फोटो फिचर



काठमाडौं,३० साउन। साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तालुहरुको भिड लागेको छ । आज बिहानैदेखि श्रद्धालुहरुको भीडले भरिभराउ भएको पशुपति मन्दिर परिरमा पगेर मनोकामनाको लागि प्राथना गर्नेहरुले अनेक तवरले पुजा गरिरहेका थिए ।

भनिन्छ मन्दिरका भगवान साध्य लिदैनन । केवल आस्था मात्रै लिन्छन् ।

पशुपति मन्दिरमा ३९० र वासुकी मन्दिरमा ११० जनाले विशेष पूजाका लागि रसिद काटेको उहाँले जानकारी दिनुभयो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहान पशुपतिको दर्शन गर्नुभएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीेले अपराह्न ४ः३० बजे दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।

मध्याह्नसम्म पशुपतिमा दुई लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज साउनको अन्तिम सोमबारसँगै श्रीकृष्ण जन्माष्टमी पनि परेकाले भक्तजनको भीड उल्लेख्य छ । विशेषगरी महिला भक्तजनको उपस्थिति रहेको छ । साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

 

अविवाहित महिलाले व्रत गरे सोचेअनुरुपको वर प्राप्त हुने विश्वास पनि छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने व्रत महिला पुरुष दुवैले लिनुपर्ने बताउनुहुन्छ ।

साउन महिनाको सोमबार व्रत बसेका व्रतालुले अन्तिम सोमबार आज गोदान र पूर्णपात्र गरी व्रत समापन गर्छन् । साउनको अन्तिम सोमबार उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, हनुमानढोकास्थित मक्खनको सानो पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

 

तस्बिर – मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्