Logo

देशको समस्या : विप्लव, सिके र ज्ञानेन्द्र शाह ! (भिडियोसहित)



चैत ९, काठमाण्डौ । पछिल्लो राजनीतिक घटनाक्रम सतही रुपमा हेर्दा सामान्य जस्तो देखिन्छ । तर गहिराइमा धेरै समस्या देखिएको छ ।

कांग्रेस नेता मोहन बस्नेत, नेकपाका नेता केशब बडाल र राजनीतिक विश्लेषक भरत दाहालले देशको बारेमा वृहत छलफल गरेका छन् ।

कांग्रेस नेता बस्नेतले त देश कता जाँदैछ भन्ने कुराभन्दा पनि सरकारले देशलाई कता लाँदैछ भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन् । बस्नेतले सरकारले नै अप्ठ्यारो स्थिती सृजना गरेको आरोप लगाए ।

नेकपाका नेता बडालले भने कांग्रेसको आरोपको खण्डन गर्दै कांग्रेसले नै जनमत संग्रहको हल्ला चलाएर अस्थिरता कायम गर्न खोजेको जिकिर गरे ।

विश्लेषक दाहालले पछिल्लो समय पूर्वराजाको सक्रियता र भेटघाटप्रति आशंका गर्न आवश्यक नरहने तर्क गरे । तर उनले राजतन्त्र फर्किने सम्भावनालाई नकार्न नसकिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्