Logo

राष्ट्रपति भण्डारीलाई सुरक्षा थ्रेट छ : सल्लाहाकार लालबाबु यादव (भिडियोसहित)



चैत १३, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहाकार लालबाबु यादवले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारसँग वार्ता गरेर अहिंसाको बाटो रोज्न सुझाब दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै यादवले विगतमा भएको जनयुद्धले देशलाई घाटा र नाफा दुवै भइसकेकाले अब त्यस्तो बाटो रोज्न नहुने बताए ।

चन्द नेतृत्वको नेकपा अब जङ्गल जानुको साटो जनताको बिचबाट आफ्नो एजेण्डा स्थापित गर्नुपर्ने यादवको तर्क छ ।

यादवले सरकारले सिके राउतसँग गरेको सहमतिलाई सकारात्मक रुपमा व्याख्या गरेका छन् । यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा नै संस्थाको रुपमा लिन सबैलाई आग्रह गरे ।

राष्ट्रपति भण्डारीको सेवा सुविधा र सुरक्षा व्यवस्थाका विषयमा अनावश्यक विरोध र चर्चा हुने गरेकोप्रति आपत्ती जनाए ।

देशका ९५ प्रतिशतले राष्ट्रपतिलाई मन पराएको यादवको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्