वैशाख ८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्न नपाइएको गुनासो गरेका छन् ।
संघीय सरकारले संविधानबमोजिम प्रदेश सरकारलाई दिनुपर्ने ऐन नियम अहिलेसम्म नदिएक ठूलो कमजोरी देखाएको सोनलले बताए ।
प्रधानमन्त्री केपी ओलीका कारण प्रदेश सरकारले ऐन कानुन पाउन नसकेको उनको आरोप छ ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री सोनलले संविधानले प्रेदशलाई दिएको अधिकार पतिन प्रधानमन्त्रीले नदिएको जिकिर गरे ।
प्रादेशिक लोकसेवा ऐन, प्रहरी ऐनलगायतका ऐनबाट प्रदेश सरकारलाई बञ्चित बनाइएको सोनलले आरोप लगाए ।
संघीय सरकराले प्रदेश सरकारालाई निर्देशन दिने अधिकार नभएको भन्दै सोनलले दुवै तहका सरकारबीच समन्वय मात्रै गर्नुपर्ने जिकिर गरे ।