Logo

खुलामञ्च किनबेच : कांग्रेस, नेकपा र भेटुवालले खोले यथार्थ (भिडियोसहित)



वैशाख १४, काठमाण्डौ । काठमाडौंमा रहेका सिमित खुल्ला ठाउँ मध्ये एउटा थियो । खुल्लामञ्च । जहा ३ वर्ष अघिसम्म सार्वजनिक सभा समारोह गर्न रानीतिक दलदेखि विभिन्न संघसंस्थाले प्रयोग गर्थे । तर, अहिले यो खुल्लामञ्च कहाँ छ भनेर खोज्नु पर्ने भएको छ । बिगत २ वर्षदेखि बसपार्क बनाइएको यो खुल्लामञ्चमा अहिले धमाधम अबैधानिक रुपमा सटरहरु निर्माण भएका छन् ।

दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईको महत्वपूर्ण भूमिका स् राष्ट्रपति भण्डारी

महानगरसँग खुल्लामञ्च व्यवस्थापनको जिम्मा लिएको जलेश्वर स्वछन्द बिकोइ विल्डर्स निर्माण कम्पनीले खुल्ला मञ्चमा करिब ४० वटा सटर निर्माण गरेको छ ।

जसबाट उसले प्रति सटर सलामी स्वरुप १० देखि १५ लाख रुपैया लिएको आरोप लागेको छ भने मासिक भाडा १२ हजार रुपैयाँ लिएको स्वयम ठेकेदार मनोज भेट्वालले स्विकार गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मनोज भेटुवाल, नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान र नेकपाका नेता अग्नी सापकोटाले आ–आफ्नै दावी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्