Logo

२५ प्रतिशत हिस्सा बढ्ने विश्वास



पोखरा, मंसिर २३ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा यतिबेला पोखरा, काठमाडौं र जनकपुरमा १३ औं दक्षिण एसियाली खेलकुद सागको रन्को चलिरहेको छ। पर्यटकीय सहर पोखराले नेपालसहित विभिन्न सात मुलुकका खेलाडी र खेल पदाधिकारीलाई आतिथ्यता पस्किरहेको छ।

पछिल्लो एक सातादेखि पर्यटकीय क्षेत्र लेकसाइडका होटल र रेस्टुरेन्टमा सागमा खेल्न आएका खेलाडी र पदाधिकारीको जमघट देख्न पाइन्छ। सिजनका बेलामा समेत सुनसान भएको पर्यटन क्षेत्रमा सागका पाहुना पाउँदा होटल व्यवसायी दंग छन्। त्यसबाहेक यिनै विदेशी खेलाडी र खेल पदाधिकारीकै कारण सन् २०२० मा ती मुलुक ९खेलाडीको मुलुक० बाट अरु थप पाहुना पोखरा घुम्न आउनेमा व्यवसायी आशावादी छन्।



प्रतिक्रिया दिनुहोस्