Logo

श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित



श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार सबै मृत भएको पुष्टि भएको छ । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले वेपत्ता २० हजार मारिएको घोषणा गरेका हुन् ।

सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना सिंगरसँगको भेटमा उनले वेपत्ता भनिएका सबै मृत भइसकेको जानकारी दिएका हुन् । वेपत्ता भनिएका २० हजारको मृत्यु प्रमाणपत्र प्रदान गरिने भेटपछि राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा राजापाक्षेले वेपत्ताको परिवारको विषयमा केही सम्बोधन गर्ने र उनीहरु मृत भइसकेको उल्लेख छ । श्रीलंकामा वेपत्ताबारे परिवारका सदस्यले चासो दिदै आएका थिए ।

२६ वर्ष लामो गृहयुद्धमा एक लाख मानिसको ज्यान गएको थियो । २० हजार मानिस वेपत्ता भएका थिए जसमा अधिकांश तामिल थिए । गृहयुद्धको निर्णायक अवस्थामा राजापाक्षे राष्ट्रपति थिए भने उनका भाई वर्तमान राष्ट्रपति गोटावाया राजापाक्षे रक्षा सचिव थिए ।- एजेन्सी Photo Source: VOA



प्रतिक्रिया दिनुहोस्