Logo

कफर्यु लगाएर लकडाउन कडा गर्नुपर्छ- राजेन्द्र महतो



काठमाडौं, १ वैशाख । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो स्पष्ट बोल्छन् । उनले कोरोना भाइरसविरुद्धको लडाईंमा जित हासिल गर्न सिंगो देश एक हुनुपर्ने बताएका छन् । सरकारले भाइरसविरुद्ध जित हासिल गर्न अझ कडा कदम चाल्नुपर्नेमा उनको जोड छ । यीनै विषयमा महतोसँग ऋषि धमलाले गरेको कुराकानीः
अहिले तपाईं हामी सबै कोरोनाविरुद्धको लडाईंमा छौं, आगामी दिनमा सरकार कसरी अगाडि बढ्नुपर्ला ?
सर्वप्रथम अहिले विश्वमा फैलिएको कोरोना भाइरसको संटक छ, त्यसबाट जोडिन विश्वलाई नै चुनौति छ । त्यसबाट नेपालीलाई पनि जोगिन चुनौपूर्ण छ । अहिले हामीलाई राजनीति भन्दा पनि राजनीतिबाट माथि उठेर कोरोना भाइरस विरुद्ध लड्न जरुरी छ । यो महामारीको बेलामा सबभन्दा पहिला जनताको जीवन त्यसपछि मात्रै राजनीतिक कुरा आउँछ । ऋषिजी यो सरकारले २०७७ सालमा गरेका कामहरु त्यति प्रशंसायोग्य र राम्रा काम गरेन । त्यसको समीक्षा पछि गरौंला अहिले भने विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाइरसविरुद्ध हामी सबै एकजुट भएर लाग्नुपर्ने छ । आगामी दिनमा जब यो रोगबाट मुक्त हुन्छौं तब जनतालाई सुखशान्ति दिने हो । कसरी विकास निर्माणमा अगाडि बढ्ने हो ? कसरी जनताले चाहेअनुसारको काम गर्ने ? त्यसमा सोचौंला । अहिलेको अवस्थामा ती विषयमा चर्चा नगरौं ।
तपाईं स्वास्थ्यमन्त्री भइसकेको व्यक्ति अहिले कोरोनाविरुद्ध चालेको कदम सफल भयो कि भएन ?
यसको लागि सरकारले प्रयासहरु गरेको छ । स्वास्थ्य सामाग्रीहरु आफ्नै देशमा उत्पादन नहुने भएकाले त्यसमा कमीकमजोरी भएका छन् । त्यसैले कोरोनाविरुद्ध लड्ने स्वास्थ्य सामाग्रीको समस्या दुनियाँमा जगजाहेर छ । जुनरोग विरुद्ध हामी लडिरहेका छौं त्यसको लागि चाहिने आवश्यक सामाग्री त नेपालमा केही उत्पादन हुँदैन । त्यसले समस्याहरु देखिएका छन् । यति हुँदाहुँदै पनि विगत झन्डै साढे तीन महिनादेखि विश्वमा कोरोनाको प्रकोप फैलिइरहँदा हाम्रो सरकारले कुनै पूर्ण तयारी गर्ने काम गरेन । अरु मुलुकमा महामारी फैलिइरहँदा हाम्रो सरकारले यो समस्या भोलि हामीलाई पनि आउन सक्छ भनेर अलिकति सोचेन । त्यति बेला पुरै कानमा तल हालेर हाम्रो सरकार बस्यो । लकडाउन गर्न पनि केही ढिला भएकाले पछिल्लो समय केही संक्रमितहरु छिरिहाले । अहिले त्यसैको सामाना गरिरहेकोछ । सरकारले आपूmले गर्न सक्ने काम गरेन । अहिले जस्तो कोरोनाबाट बँच्ने उपाय भनेको लकडाउन मात्रै छ । त्यसविरुद्ध संक्रमण देखियो भने औषधि उपचार गर्नुपर्ने हो । त्यसको संख्या बढ्यो भने उपचार गराउन सक्ने क्षमता नै छैन । त्यसको लागि सरकारले कुनै पूर्ण तयारी गरेको छैन । जसरी विश्वमा कोरोनाको प्रकोपहरु बढिरहेको छ । हाम्रो देशमा भोलि त्यस्तो सिर्जना नहोला भन्न सकिँदैन । त्यसकारण त्यसलाई रोकथाम तथा उपचारको लागि सरकारको कुनै पूर्व तयारी देखिएको छैन । यसको मारमा स्वास्थ्यकर्मीहरु पनि परिरहेका छन् । जसले पीपीई, माक्सलगायतका सामाग्रीहरु पाएका छैनन् । ती सामाग्रीका अभावका कारण कोरोना बाहेकका विरामी आउँदा पनि उनीहरुलाई जाँच्न डाक्टरहरु डराइरहेका छन् ।
अझ निजी अस्पतालका सञ्चालकहरुले त कुनै विरामीलाई अस्पतालको गेटबाटै फर्काइदिएका छन् नि ?
हो, तिनीहरु पनि डराइरहेका छन् । किन डराइरहेको छ भने त्यो रोगबाट बच्न सक्ने स्वास्थ्य सामाग्रीहरु भएनन् । जसको कारणले अस्पतालका सञ्चालकदेखि कर्मचारी, चिकित्सकहरु सबै डराउने अवस्था भयो । भनाइको मतलब ऊ आफै सुरक्षित छैन भने कसरी अरुलाई जोगाउन सक्छ । यस्तो महत्वपूर्ण कुराको पनि व्यवस्थापन गर्न नसक्नु अहिलेको सरकारको साह्रै दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले आजको दिनमा यस्तो सरकारको बारेमा के बोल्नु ।
हिजो वीरगन्जमा तीनजना संक्रमित भेटिइएका छन् त्यो क्षेत्र सील पनि भएको अब त्यहाँ कस्तो कदम चाल्नुपर्ला ?
यसले आफू पनि संक्रमणमा परेको छ । त्यहाँका समाजलगायत अरु सम्पर्कमा भएकालाई पनि मुछेको त्यो दुभाग्यपूर्ण अवस्था हो । यसको लागि त लकडाउन मात्रै होइन त्यो ठाउँमा पुरै कफ्र्यू लगाइदिनुपर्छ जसको कारण घरबाट निस्किनै पाउँदैन । त्यसको लागि राज्यले त्यो ठाउँलाई विशेष निगरानीमा राख्नुपर्छ ।
त्यसोभए वीरगन्जमा कफर्यु लगाएर लकडाउन कडा गर्नुपर्छ हो ?
त्यो ठाउँमा कफर्यु आदेश जारी गर्नुपर्छ र त्यो ठाउँमा संक्रमण फैलिनबाट तुरुन्त रोक्नुपर्छ । यसलाई कुनै पनि हालतमा रोक्नुपर्छ नत्र नियन्त्रण नै हुँदैन । अमेरिका, इटाली सुविधासम्पन्न देशहरुले नियन्त्रण गर्न सकिराखेको छैन भने हाम्रो हालत के होला । कोरोनाको विरामीलाई भ्यान्टिलेटरमा राख्नुपर्ने लाइन बनाएर राखिएको छ । यहाँ त्यस्तो भयो भने हाम्रो हालत के होला ? यहाँ त हामीहरु अहिलेसम्म भगवान भरोसा अवस्था छौं । त्यस्तो अवस्था आयो भने मुलुक संकटपूर्ण अवस्था जान्छ नि । त्यसैले मुलुकमा लकडाउनलाई अझ कडा ढंगले लानुपर्छ । जहाँ संक्रमण देखिएको छ, त्यहाँ पूर्ण कफर्यु लगाउनुपर्छ । र, अन्यलाई सर्नबाट पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ । सरकारले गर्नुपर्ने अर्को एउटा काम गरिरहेको छैन । त्यो के भने जो मानिस दिनभर काम गरेर बिहान, बेलुका छाक टार्छन् उनीहरुले राहत पाइरहेका छैनन् । उनीहरुलाई तिमीहरु लकडाउनमा बस भनिएको छ के खायौं भनेर सोधिएको छैन । त्यो वर्ग र समुदायलाई तुरुन्तै घरघरमा राहत पु¥याउनुपर्ने जरुरी छ । यसमा सरकारले साह्रै नालायकीपन देखाएको छ । यो बेलामा मानव मात्रको सहयोग गर्ने हो । यहाँ को कुन पार्टीको भनेर छुट्याउने होइन । काठमाडौैंमा मैले सुनिरहेको थिएँ, घर हुनेलाई राहत दिने रे, नहुनेलाई नदिने भनेको । त्यसो हो भने विदेशमा बसेका नेपालीलाई देशले नदिने ? अहिलेका संकटमा त्यसो भन्नु कति जाज हो ? जो काम गरेर खाने गरेको थियो उसले राहत पाएन भने उसले के खाने ? जसलाई हामी घरबाट बाहिर नआइज भनेका छौं । भने उसले के खाने त्यो बर्ग भोकै मर्दैन ? त्यसैको लागि राज्य चाहिएको हो । अरु बेलाको लागि उनीहरुले आफै कमाएर खाएकै छन् नि । अहिले विभिन्न संघ, संस्था, कर्मचारी, व्यापारी, उद्योगपतिबाट उठेको जति पनि पैसा त्यो के र कसका लागि राखिएको छ ? यिनै भोका, नांगा जनताको लागि होइन ? त्यो रकम घर, गाडी भएका राहत दिन त्यो पैसा छुट्ट्याइएको हो । अफिसका पियन, खरिदारदेखिका कर्मचारीबाट कटाएर जम्मा गरिएको पैसा कहाँ गयो ? खाली लकडाउन गरेर घरमा भोकै मर भन्नु त भएन नि ? उनीहरुको घरमा राहत जसरी पनि राज्यले पु¥याउनुपर्छ । उसको त्यो दायित्व हो । त्यो अहिलेसम्म भएको मैले पाएको छैन । मैले हिजो पनि भनेको छु । सांसदको कोषको पैसा पनि एउटा नियम बनाएर बाँडिदेउ भनेको छु ।
अहिले सांसद् कोष किन चाहियो जनतालाई दिए भैगोनि ?
मैले भनेको छु ‘अहिले सांसदको कोषमा किन पैसा राख्नुपर्छ । त्यसलाई एउटा निश्पक्ष नियम बनाएर गाउँपालिका, नगरपालिकाहरुमार्पmत गरीव, दुःखी जनतालाई बाँडिदेऊ भनेको छु । राहत पाउँदा त्यस्ता व्यक्तिले पाउनुपर्यो जुन लकडाउनका कारण खान नपाएर भोकै छन् । यहाँ पावरवालालाई घर–घरमा पुर्याउने गरेको सुनेको छु । त्यो किन गर्नुपर्यो ? राहत भनेको त दुःखीपीडितले पाउने हो नि । त्यसैले म सरकारलाई भन्न चाहन्छु ः लकडाउनलाई अभैm कडाईं गर्नुपर्छ । कफ्र्यु लगाउनुपर्यो भने पनि पछि नहट्ने । तर, ती दुःखी, गरीवहरुलाई पहिचान गरिकन उनीहरुको चुल्हो बाल्ने काम पनि सरकारको हो । त्यसलाई पुरा गरोस् भन्न चाहन्छु । सरकारले अहिलेको अवस्थामा गाउपालिका, नगरपालिकामार्पmत लक्षित, वर्ग, समुदायको पहिचान गरिकन छिटोभन्दा छिटो राहत उपलब्ध गराउन आग्रह गर्दछु । जसको कारणले ती दुःखपीडित जनता भोकै बस्नुनपरोस् ।



प्रतिक्रिया दिनुहोस्