Logo

जीवनलाई सरल र शान्त बनाउने यी सुत्र



आफ्नो स्वभावलाई शान्त र सरल बनाउनु पर्छ । छलकपटबाट आफैले आफुलाई बचाउनु ठुलो कुरा हो । मनुको अनुसार मानिस जति बनावटी गर्छन् त्यति नै अशान्त हुन्छन् । व्यक्ति सरल बन्नु, मनलाई सन्तोष दिनु नै कोमल हुनु हो । कोमलको अर्थ चन्द्रमा पनि हो । व्यासको अनुसार भगवान श्रीकृष्णमा ४ गुण थिए जुन हामीले अपनाउन आवश्यक हुन्छ ।

१. प्रसन्नता– श्रीकृष्ण विपत्ति देखेर हास्थे । बिपत्ति आएमा आत्तिनु हुँदैन मुस्कुराउनु हिम्मत गर्नुपर्छ । हिम्मत आएमा बिपत्ति पनि टारीनेछ । दुखको बादल विस्तारै हट्नेछ ।

२.समस्या आएमा निधार तातो हुन दिनुहुँदैन । त्यो हो दिमागको सन्तुलन राख्न सकिएन भने बृद्धि धुम्न थाल्छ र असफल हुन्छौ ।

३.समस्याको समयमा आफ्नो बोलीलाई कठोर बनाउन दिनुहुँदैन ।

४.समस्याबाट हात खुट्टामा शक्ति बढाउनुपर्छ । सुख धेरै भोग्नु पर्छ । तपाईले शोकमा संघर्ष गर्नुपर्छ । त्यसैले तयार हुनुहोस् ।

यदि जिन्दगीमा चाहेर वा नचाहेर नराम्रो काम पनि भइरहेको हुन्छ त्यसैले दान गर्दा फल दुवैको भोग्नु पाइन्छ । यदि हामी आफैले पाप गरेमा पुण्यको फल भोग्न पाउदैनो ।हरेक व्यक्तिले आफ्नो भागको दुख भोग्नै पर्छ । मानिसहरुले आफ्नो दुख भगाउन विभिन्न काम गरेपनि आफ्नो भागको दुख सहनुको विकल्प हुँदैन । सुख दुखमा आफ्नो मन एकै प्रकारले बसाउन सक्नु एक मात्र उत्तम उपाय हो ।

जुन सिमासम्म तिमी सहन गर्न सक्छौ त्यो सुख हो भने जहाँबाट तिम्रो सहन गर्ने क्षमता नष्ट हुन्छ त्यहि नै दुख हो । हामीमा जति आत्मबल हुन्छ उति नै सुख भोग्छौ । जहाँ आत्मिक बल मिल्छ । राम्रो मानिस खाली समयमा संगीत, साधना वा मनोरंजनमा बिताउछ भने नराम्रो मानिस खाली समयमा विवाद गरेर, सुतेर र नराम्रो लतमा लागेर बिताउछ ।

आफ्नो चरित्र नरम बनाएर अरुको प्रगतीमा खुशी हुनुहोस् । हामी साहसी हुनुपर्दैन, दिमाग नरम राखेपुग्छ । बनावटी जिन्दगी बिताउन खोजेमा मन अशान्त हुनेछ । तपाई जति धेरै खुशी हुनुहुन्छ त्यति नै उत्साह बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्