Logo

प्रगति र प्रतिस्पर्धा जीवनको विशेष गुण



हामी शक्तिशाली बन्नुपर्छ । ताकी उन्नती प्रगतीको मार्ग जस्ता पनि विध्न बाधा आए पनि मुकाविला गर्न सकौ । भगवानले यो संसारको लागि हामीलाई बनाएका हुन् । यहाँ सबै थरीका प्राणीहरुको सुख र सुविधाको लागि शारीरीक एंव मानसिक पुरुषार्थको आवश्यकता हुन्छ ।

 

जीवनमा हाम्रो इच्छाअनुसार सबै परिस्थिती बन्दै जान्छ र हरेक मानिसले हाम्रो इच्छाअनुसारको काम गर्न असंम्भव हुन्छ । घाम–पानी, दिन–रात, अनुकुल–प्रतिकुल सबै यहाँ छन् । यदि हामी कहिल्यै असुविधा, कठिनाई र असफलताको सामना गर्नु नपरेमा यो जीवन सुस्त हुने थियो ।

 

प्रगती र प्रतिस्पर्धा मानव जीवनको विशेष गुण हो र यसैमा आनन्द हुन्छ । प्रतिस्पर्धा, पुरुषार्थ, सुझ–बुझ एंव सन्तुलनको विकसित गरेर जीवनको आनन्दमय बनाउन सकिन्छ । प्रतिस्पर्धाबाट संघर्षद्वारा प्रगति सम्भव हुन्छ ।

 

कठिनाई, अभाव, प्रतिकुलता र संघर्षको दुखाई यसैले हुन्छ जसले इख लिएर मानिस आफ्नो क्षमता र प्रतिभाको विकास गरेर आत्मबल र कआत्मविश्वासको महान व्यक्तित्वहरुबाट ज्ञान लिएर अगाडी बढ्न सक्छन् । धेरै व्यक्ति जीवनमा कठिनाई शुरु हुदैमा विचलित हुन थाल्छन् । तर निराशा र हताशको भावनाले कठिनाई अझै धेरै बढ्न सक्छ ।

 

कार्य क्षेत्रमा प्रवेश गर्नेले अनुकुल र प्रतिकुलताको दुवैको सामना गर्नसक्नुपर्छ । लाभ मिल्दैमा उफ्रने र हानी हुदैमा रुनु हुँदैन । संघर्षशील संसारमा आफ्नो समर्थता एंव दृढताको प्रदर्शन गर्दा सुख मिल्दैन । यो संघर्षमा सफलता उसैलाई मिल्छ जसले शारीरीक शक्तिको साथमा आत्मिक शक्ति पनि धेरै छ । एक्लो शारीरीक बल विवेकको अंकुशको अभावमा मानिसको समस्या उत्पन्न गर्ने हुनाले शक्तिको रचनात्मक प्रयोग नै सबैको लागि हितकर हुन्छ । जस्तो सुकै विषम परिस्थितीमा आफ्नो आवेशबाट बचाएर मानसिक सन्तुलन कहिल्यै पनि गुमाउन हुँदैन ।

 

असफलता हाम्रो धैर्य, साहस, पौरुष र विवेकलाई चुनौति दिएर हाम्रो आत्मबललाई मजबुद बनाउछ । संघर्षबाट प्राप्त सफलतमको स्वाद कति मिठो हुन्छ, पसिनाको कमाई कति आनन्द आउछ यसलाई आफैले प्रत्यक्ष रुपमा भोग्न पाउनुहुनेछ । कठिनाईको विरुद्ध लड्ने शक्तिले हामीलाई जोसिलो, तेजस्वी र प्रभावशाली बनाउँछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्