Logo

१५ दिनभित्र ‘हाइ डिपेन्डेन्सी बेड’ बनाउने निर्णयः कार्यान्वयन कहिले ?



कात्तिक ३, काठमाण्डौ । सरकारले कोरोना संक्रमितको उपचारका लागि काठमाडौंमा १५ दिन भित्रै दुई हजार तथा बढी प्रभावित जिल्लामा २०० वटा हाइ डिपेन्डेन्सी बेड बनाउने निर्णय गरेको छ । हाल कोभिड अस्पतालका रुपमा संचालनमा रहेका स्वास्थ्य संस्थाहरुमा आवश्यक सुविधा र उपकरण सहितको स्तोरन्नती गरी १५ दिन भित्र नै हाइ डिपेन्डेन्सी युनिट निर्माण गर्ने निर्णय भएको हो ।

बढी प्रभावित जिल्लामा हाल प्रयोग नभएका क्वारेन्टाइन स्थललाई १५ दिन भित्र आइसोलसन सेन्टरमा स्तरोन्नति गरी विकास गर्न निर्णय भएको छ । सरकारले निर्णय गरे पनि कार्यान्वयन भने नहुने निश्चित जस्तै छ । किनकी निर्णय भएको एक हप्ता भइसक्दासम्म काम सुरु भएको छैन ।



प्रतिक्रिया दिनुहोस्