Logo

इलाममा रास्वपाको जमानत जफत भएपछि रवि लामिछानेलाई सिके राउतको सुझाव : विचार गर्नुहोला



काठमाडौं, १८ बैशाख । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको भन्दै विचार गर्न रास्वपाका नेताहरुलाई सुझाव दिएका छन् । सो उपनिर्वाचनमा जनमतका उम्मेद्वार प्रेमकुमार थाङ्सुहाङले जम्मा ११८ मत ल्याएका थिए । राउतले आफ्नो पार्टीका उम्मेद्वारले ल्याएको मत कम भएपनि अपेक्षा गरेभन्दा फरक नभएको स्विकारेका छन् ।

उनले लेखेका छन्-

इलाम-२ मा जनमत पार्टीले ११८ मत (०.१७% मत) पायो, भने रास्वपाले ७.३% मत (राम्रो हो, तर रास्वपाको पनि जमानत समेत नजोगिएको)। कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन। इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला – तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन – झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ, फेरि गठबन्धनकै सरकार बनिरहनेछन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई-महिनामा ढलिरहनेछन्, गठबन्धनको बैठकमा भागबंडाको विषयले मात्रै प्रवेश पाइराख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भइराख्नेछन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राऊ परिराख्नेछन्।

Kedar Sharma ले लेखेका छन् – यस निर्वाचनले सम्बद्ध सबैलाई हाल आफू उभिएको धरातल देखाइदिएको आशा गरौं।
हो, हाम्रो धरातल देखिएको छ। र जनताले पनि पुनर्विचार गर्नु जरूरी छ। मत नयाँलाई नदिने, अनि सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त?

Rastriya Swatantra Party – RSP

रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो – मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु।



प्रतिक्रिया दिनुहोस्

Screenshot