Logo

सीमा नक्सा सङ्ग्रह सार्वजनिक



काठमाडौं, पुस ६ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालसँग सम्बन्धित सीमा नक्सालाई खोजेर चुच्चेदेखि फुर्केसम्मका ९० थान नक्सा समावेश गरी ‘सीमा नक्सा सङ्ग्रह’ सार्वजनिक गरेका छन् । उनले यस सङ्ग्रहलाई ‘नेपाल सम्बन्धित ऐतिहासिक सीमा नक्सा सङ्ग्रह’ भनी नाम दिएका छन् ।

सङ्ग्रहमा सन् १८६० सम्म लिम्पियाधुराबाट उद्गम भएको नदीलाई काली लेखिएका ऐतिहासिक नक्साहरू पनि समावेश छन् । त्यस क्षेत्रको नक्सा तयार गर्दा चुच्चे–बुच्चे कहिले भए ? खुँडे–फुर्के कहिले भए भनी नक्सा र त्यसको विवरण पनि समावेश गरिएका छन् । भारतको चालबाजी र नेपाली शासक तथा कर्मचारीको कमजोरी कहाँ–कहाँ रहे भन्ने कुरा यस सङ्ग्रहमा अध्ययन गर्न पाइन्छ ।

पछिल्लो समय भारतले प्रकाशित गरेको नक्सादेखि हालसम्म १०८ वटा घटना क्रमलाई शब्दमा उतारेका छन् । सङ्ग्रहमा भनिएको छ, “भारतमा छापिएका नेपालको नक्सामा नेपालको सीमा शुद्ध र क्षेत्रफल पूर्ण भएको पाइँदैन । नेपालको सीमाभित्र पर्ने दार्चुला जिल्लाको व्यास नगरपालिका–१ को उत्तर–पश्चिममा रहेको लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र नक्साद्वारा कार्टोग्राफिक डिस्टोर्सन गरी काटेर भारततर्फ मिसाइएको छ । यस नक्साबाट नेपालको ३७२ वर्गकिलोमिटर भूमि अतिक्रमणमा परेको छ । दार्चुला जिल्लाको नक्सा नेपालतिर खोबल्डे पारी बनाइएको छ । ”

नेपालको नक्सा भारतीय प्रशासकले भारतमा बनाउँदा कालापानी क्षेत्र, सुस्ता, महेशपुर, प्याराताल, वनवासा आदि भू–भाग भारततर्फ पारी नेपालको सीमा सङ्कुचन पारिएको सीमाविद् श्रेष्ठको अध्ययनले देखाएको छ । गोर्खाली गाउँ गायब १ २०१८ सालमा नेपालको राष्ट्रिय जनगणना हुँदासम्म पनि कुटी, नावी, गुञ्जीजस्ता कुटी नदी पूर्वका गाउँ नेपालबाटै जनगणना हुने गरी नेपालको राज्य प्रशासनअन्तर्गत थिए, जुन अहिले रहेका छैनन् ।

कुटी नदी आसपासका गाउँलाई पहिले ‘गोर्खाली गाउँ’ भनी बुझिन्थ्यो । कुटी, गुञ्जी, बुदी, टिङ्कर र छाङ्हारुलाई स्थानीय बासिन्दाका अनुसार पहिला ‘व्यास गर्खा’ भन्निथ्यो । ती नेपाली गाउँ थिए । अहिले टिङ्कर र छाङ्हारु मात्र नेपालमा बाँकी छन्, बाँकी गाउँ भारतीय अतिक्रमणमा परेको सीमा सङ्ग्रहमा उल्लेख छ ।

भारत वर्षको स्केच नक्सा सन् १८६७ मा बनाइएको थियो । त्यस नक्सामा नेपालको समथर तराईदेखि दक्षिणी सीमा रातो मोटो लाइन तान्दै त्यसभन्दा उत्तरतर्फ सिवालिक चुरे पहाड पनि देखिन्छ । त्यति मात्र होइन, त्यस नक्सामा नेपालको राजधानी काठमाडौँ तथा जोडिएको सहरलाई ललितपुर, पाटन लेखिएको छ । नेपालका ठूला नदी कोसी, गण्डकी, कर्णाली र यिनका शाखा नदीको नाम लेखिएका छन् । पूर्वको मेचीदेखि पश्चिम महाकाली नदी रातो सङ्केत चिह्नले लिम्पियाधुरा पु¥याएको छ ।
नदीको नाम स्पष्ट तरिकाले ‘काली नदी’ भनी लेखिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्