Logo

यी युवतीले यसरी निःशुल्क ९ देश घुमिन्



अमेरिकाको अलाबामा बस्ने एक महिला अहिले इन्टरनेटमा छाईरहेकी छिन् । २५ वर्षकी मोनिका लिन निःशुल्क नौ देश घुमेकी हुन् । मोनिकाले वर्षको सुरुवात जनवरीबाट डिसेम्बरको बीचमा दुबई, हङकङ, इटली, इन्डोनेशिया सहित अन्य देशको यात्रा गरेकी हुन् ।

उनले अनलाइनमा भेटेका पुरुषहरुसँग डेट गरेर सबै खर्च उठाएकी थिइन् । उनी ती देशहरुमा पुगेको बदलामा टिप्स लिने गर्थिन् । पहिल्यै खर्च लिएर पुरुषहरुको पृष्ठभुमि जाँचेर मात्र यात्रा अगाडि बढाएकी थिइन् ।

मोनिकाको अनुसार उनी एक्लैमात्र पनि यी सबै देशहरुमा घुम्ने योजना थियो तर पैसा जुटाउन नसकेकोले इच्छा पुरा भएको थिएन् । त्यसकारण पनि उनले डेट जाने नयाँ तरिका अपनाएर ९ देशहरु घुमेकी हुन् । एक डेटिगं साइटमा सिंगल सम्भावित पार्टनरको लागि पैसा खर्च गर्न तयार पुरुष भएकोले उनको घुम्ने योजना सफल भएको उनी बताउँछिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्