Logo

सच्चाईलाई पछ्याउने हो भने वर्तमान सरकारलाई कुनै हिसाबले विश्वास नगर्नुपर्ने प्रश्नै छैन् : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अवस्थाका कारण आफू विश्वासको मत लिन सदनमा आएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘राजनीतिक अवस्थाको कारणले यस सदनको विश्वास छ भनेर पुष्टि गर्न ठानेर म आज यो प्रस्ताव गर्न उभिएको छु । म विश्वास गर्छु हामी संलग्नतामा होईन, हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौं । विचारको आग्रहका साथ होईन, आफ्नो स्वार्थबाट निर्देशित भएर होईन । म कहाँ छु कहाँ आवद्धतता छु भनेर होईन, सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ । र, निर्णय हामीले त्यसरी गर्नुपर्छ । यदि हामीले
सच्चालाई पछ्याउने हो भने वर्तमान सरकारलाई कुनै हिसाबले विश्वास नगर्नुपर्ने प्रश्नै छैन् ।

उनले अहिले नेपालले कोभिडको दोस्रो लहरको सामना गर्नुपरेको अवस्था सुनाउँदै कोभिडविरद्ध सरकारले सम्पूर्ण ध्यान लगाएर काम गरेको बताए । उनले भने,‘हामी सम्पूर्ण रुपमा ध्यान केन्द्रित गरेर जुटेको छ । नयाँ–नयाँ अस्पतालहरु, आईसियू, अक्सिजनको उत्पादन, सिलिण्डर, विभिन्न देशबाट भ्याक्सिन मगाउने काम भैरहेको छ । कोभिडको यस्तो महामारी छ, यो बेलामा जनताको जीवन रक्षा पहिलो शर्त हो । यस्तो महामारीको साझा संकटको बेलामा यदि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध गर्नेलाई हामी छुट दिँदैनौं । दोषी पाईए कारबाही हुन्छ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्