काठमाडौं, ३ जेठ । सोमबार ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको १ करोड ९० लाख ५६ हजार २३९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीर्ताले कमाएका छन् । कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको हो । सोमबार ८८ रुपैयाँ ले बढेर प्रतिकित्ता शेयरमुल्य बढेर ९६८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, समता लघुवित्तको पनि प्रतिकित्ता १२८ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । लघुवित्तको ९.९८ प्रतिशतले शेयरमुल्य बढेको हो ।
यसैगरी, राधी विद्युत कम्पनीको प्रतिकित्ता ७० रुपैयाँले बढेर ७ सय ७४ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । कम्पनीको ९.९४ प्रतिशतले सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९३ प्रतिशत, प्रोगेसिभ फाइनान्स कम्पनीको ९.९१ प्रतिशतले शेयरमुल्य बढेको छ । गुरास लघुवित्त, बरुण हाइड्रोपावर लगायतको आज सर्किट लेभलमा कारोबार भएको छ ।