Logo

जल विनायक इन्टरप्राइजेज बन्यो अक्टोबर महिनाको ‘लुमिनस डिलर अफ द मन्थ’



काठमाडौं, ३ मंसिर । लुमिनास पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि आधिकारिक बिक्रेता अमट्रेड प्रालीले श्री जल विनायक इन्टरप्राइजेज ललितपुरलाई अक्टोबर महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ ।

कम्पनीले आफ्नो वार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोवार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

अक्टोबार महिनामा उक्त स्थान हासिल गरेको जल विनायक इन्टरप्राइजेजको संचालक राजिप महर्जनलाई अमट्रेड प्रालिका मार्केटिङ विभागका उपप्रबन्धक उत्सव कर्माचार्यले एक कार्यक्रमबीच सम्मानपत्रको साथमा पुरस्कार प्रदान गरेका हुन् । संचालक महर्जन २०२१ सालमा दोस्रोपटक यो उपाधी हासिल गरेका हुन् ।

महर्जनले आफ्नो सबडिलरहरुलाई धन्यवाद दिँदै अमट्रेडले सबडिलहरुको निमित्त सन २०२१ मा ल्याएको योजना–लमिनस शक्ति कार्यक्रममा सहभागी भई लाभ लिन सुझाव दिएका छन् । यसको साथै उनले कम्पनीको इन्भर्टर र ब्याट्रीहरु खरिद गर्दा निःशुल्क होम डेलिभरीको व्यवस्था पनि भएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्