काठमाडौँ, १८ माघ। काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी विज्ञापन खुलाई माग गरेको हो ।
करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको छ । जसमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक युवायुवतीले आवेदन दिन सक्नेछन् । आवेदनको म्याद ७ दिनको रहेको छ ।
आवेदन अनलाइन प्रणालीबाट मात्र स्वीकृत हुनेछ । काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिन सकिने र भौतिक रुपमा बुझाइएका आवेदनहरू भने मान्य नहुने महानगरपालिकाले जनाएको छ ।-File Photo
हेर्नुहोस विज्ञापन: