Logo

गौरमा कलम जित्दा माधव नेपाललाई राहत



काठमाडौं, ४ जेठ । रौतहटको गौर नगरपालिका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास रहेको क्षेत्र हो । रौतहटबाट विगतमा माधव नेपाल चुनाव लडेर जितेका पनि थिए । त्यहाँबाट चुनाव लडेर हार्दाको पहिलो संविधानसभाको अवधिमा नेपाल प्रधानमन्त्री समेत बनेका थिए ।

माधव नेपाललाई यसपटक स्थानीय चुनावमा भने गौर नगरपालिका एसले जित्दा राहत मिलेको छ । एसका शम्भु साह मेयरमा र शैलकुमारी साह उपमेयरमा विजयी भएका छन् । साह २०७४ को स्थानीय चुनावमा पराजित भएका थिए । त्यतिबेला अजयकुमार गुप्तासँग पराजित साहले यसपटक लोसपाबाट उम्मेदवार बनेका उनैलाई पराजित गरे ।

देशभरको चुनावी परिणामबाट चिन्तित बनेका माधव नेपाललाई गौरको परिणामले भने उत्साही बनाएको बुझिएको छ । उनले उक्त क्षेत्रलाई भविष्यमा चुनावी क्षेत्र बनाउने सम्भावना पनि छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्