काठमाडौँ, २६ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बिदाइका लागि आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः रत्न श्रेष्ठ,रासस
विजयादशमीको अवसरमा सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा माटोबाट निर्माण गरिएको दुर्गाको मूर्ति आइतबार सेलाउन (भसाउन) का लागि लगिँदै । तस्बिर : अजितकुमार झा,
नेपाल–चीन उच्चस्तरीय औपचारिक वार्ता हुँदै । तस्वीर :प्रदीपराज वन्त
चिनियाँ राष्ट्रपति सी चिनफिङ्सँग आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त
चिनियाँ राष्ट्रपति सी चिनफिङ् आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको दुर्घटनामा दुर्घटनाग्रस्त जीप र बस । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नं को बोलेरो जीप र विपरित
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर दर्शन तथा पूजाअर्चना गर्न पुगेका भक्तजन । धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गइरहेको छाब्दीवाराही मन्दिरमा जिल्ला र जिल्लाबाहिरबाट पनि भक्तजन आउने गरेका छन्
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्वीर :’नवीन पौडेल
चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्दै । तस्वीर :रत्न श्रेष्ठ