Logo
फोटो फिचर

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल

म्याग्दी,२२ असोज : म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको फापरखेत र बागलुङ जिल्लाको चनोटे जोड्ने ठूलोखोलामाथि निर्मित झोलुङ्गे पुल । विटिएसले ४७ लाख रुपैयाँको लागतमा निर्माण

विस्तृत पढ्नुहोस
बुवाबाट टीका ग्रहण गर्दै उपराष्ट्रपति साथै आफन्तहरुलाई टीका लगाई दिँदै

काठमाडौँ, २१ असोज : उपराष्ट्रपति नन्दबहादुर पुन ‘‘पासाङ’ले आफ्ना बुवाबाट दशैँको टीका ग्रहण गर्नुभएको छ । उनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दशैँ टीका ग्रहण गर्नुभयो

विदेशी पाहुनालाई टीका लगाउदै

पोखरा, २१ असोज : विजया दशमीका दिन मङ्गलबार आफनो होटलमा विदेशी पाहुनालाई टीका लगाउँदै पोखरेली होटल ब्यवसायी । तस्वीर : प्रदिपराज वन्त ।

राष्ट्रपति भण्डारी आफन्तबाट टीका ग्रहण गर्दै

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्दै । तस्वीर : रत्न श्रेष्ठ ।

राष्ट्रपति भण्डारी मूल पूजारीलाई टीकालगाई दिँदै

काठमाडौँ, २१ असोज : विजया दशमीका दिन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीलाई टीकालगाई दिँदै । तस्वीर : रत्न श्रेष्ठ

जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी

काठमाडौँ, २१ असोज : भक्तपुरको ब्रम्हायणी मन्दिर परिसरमा विजया दशमीको दिन आफ्नो जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी । यसरी जीउमा बत्ती बालेमा मनोकांक्षा पूजा हुने विश्वास लिइन्छ । तस्वीर :

राष्ट्रपति भण्डारीद्वारा टीका प्रदान गर्दै (फोटो फिचर )

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका प्रदान गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ ।  

कौरा नृत्य प्रस्तुत गर्दै युवती :

दमौली, २१ असोज : नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा तनहुँको भानु नगरपालिका–३ चाम्बासका युवती कौरा नृत्य प्रस्तुत गर्दै । कौरा नृत्य मगर जातिमा प्रख्यात रहेको छ । तस्वीर :

संकटा मन्दिर

काठमाडौँ,२० असोज : काठमाडौँको टेबहालस्थित संकटा मन्दिरमा दर्शन गर्न लामबद्ध भक्तजन । तस्वीर : चन्द्रकला क्षेत्री

भद्रकालीमा मन्दिर

काठमाडौँ,२० असोज : काठमाडौँको भद्रकालीमा मन्दिरमा दर्शन गर्न भक्तजनको भीड । तस्वीर : चन्द्रकला क्षेत्री

मैतीदेवी मन्दिर

काठमाडौँ,२० असोज : काठमाडौंको मैतीदेवी मन्दिरमा दर्शन गर्न भक्तजनको भीड । तस्वीर : चन्द्रकला क्षेत्री

नक्साल भगवती मन्दिर

काठमाडौँ,२० असोज : काठमाडौँको नक्साल भगवती मन्दिरमा दर्शन गर्न भक्तजनको भीड । तस्वीर : चन्द्रकला क्षेत्री