Logo
फोटो फिचर

फुटेजको सहायताले…

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार एक वृद्ध महिलालाई ठक्कर दिई फरार भएका गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भइ हाल बीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४

विस्तृत पढ्नुहोस
अकलादेवी खुशी भएको बेला आफै घण्ट बज्ने

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवीको मन्दिर भित्र रहेको देवीको मूर्ति र घण्ट देखाउँदै पुजारी टोपबहादुर सारु । यस मन्दिरमा देवी खुशी भएको बेला आफै घण्ट बज्ने स्थानीयवासी बताउँछन् । तस्वीरः

विमानस्थलमा विमान होइन घोडा

दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझँगाउ विमानस्थल । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको विमानस्थल गौचरणमा परिणत भएको छ । तस्वीरः शेरबहादुर सिंह

मन्थलीलाई आकासबाट हेर्दा

रामेछापको सदरमुकाम तथा मन्थलीस्थित रामेछाप विमानस्थलको हवाईबाट खिचिएको रमणीय दृश्य । तस्बिरः प्रदीपराज वन्त

सूर्यमुखी फूलखेती

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित गलुवाका ७५ वर्षीय बमबहादुर खत्रीले १५ रोपनी क्षेत्रफलमा पहिलो पटक व्यवसायिक रुपमा गर्नुभएको सूर्यमुखी फूलखेती । तस्वीरःखेमराज गौतम

फूलमा मौरी डुल्ने बेलामा…

सिंहदरबारस्थित बगैँचा परिसरमा सूर्यमुखी फूलमा बसेको मौरी । मौरी फूलमा बसेर आफ्नो सुडको सहायताले फूलको रस घारमा पु¥याउने काम गर्दछ । तस्बिर ः रोशन सापकोटा

छाँगारोहणमा रमाउदै मीना

बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा छाँगारोहण क्यानोनिङ गर्दै मीना श्रेष्ठ । तस्वीर ः रामबहादुर थापा

खोजि कार्यमा सेनाको हेलिकप्टर

गत मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा दुर्घटना भई कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुको बिहीबार खोजि गर्दै नेपाली सेनाको हेलिकप्टर । नदीको बहाव बढेपछि खोजि कार्यमा कठिनाई भएको छ

भाग्य होइन मेहनतको भर परौ

बेनी नगरपालिका–८ क्याम्पसचोकस्थित मनवीर किसानले लगाएको केरा खेतीमा एउटै घारीमा फलेको चार सय ८२ वटा कोसा भएको केराको घारी । तस्वीर कमल खत्री, म्याग्दी

सहीद लखन थापाको सालिक

पाल्पा रामपुर नगरपालिका–४ स्थित शान्तिदिप पार्कमा स्थानीय मगर समुदायद्वारा निर्माण गरिएको सहीद लखन थापाको सालिक । तस्वीर: सुशीला रेग्मी

भेडा चराउन लादै

महाकाली नगरपालिका ६ का स्थानीय व्यास गाउँपालिका १ नाम्पा हिमालतिर भारतीय बाटो हूँदै भेडा चराउन लादै । जङगलको अभाव भएपछि स्थानीयले भेडा कम पाल्न थालेका छन् । तस्वीरः नरेन्द्रसिह कार्की

रोवट बनाउदै विद्यार्थी

वालिङ नगरपालिकाले स्थापना गरेको इनोभेशन सेन्टरमा रोवट बनाउदै विद्यार्थीहरु । सवारी साधनमा जडान गरिने सेन्सर सिप, ध्वनिका माध्यमबाट बाँदर धपाउन प्रयोग गरिने यन्त्रको निर्माण गर्दै । तस्वीर ः हिमलाल पराजुली,

Screenshot