Logo
फोटो फिचर
मुस्ताङको मुक्तिनाथबाट तीर्थयात्रीलाई लिएर फर्कँदै गरेको पर्यटक बस ।

परम्परागत काठेकोल प्रयोग गरेर निउवा पेल्दै बागलुङको जैमिनि नगरका एक युवा ।

चुरे क्षेत्रको वनमा घार लगाएर बसेको वन माहुरी

कञ्चनपुरको चुरे क्षेत्रको वनमा घार लगाएर बसेको वन माहुरी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच, राजदण्डलगायत महत्वपूर्ण सामग्री हेर्न सर्वसाधारणलाई आजबाट खुला ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका राना थारु महिला पर्यटकको स्वागतका लागि प्रतिक्षा गदै ।

काठमाडौँको बिजुलीबजारस्थित धोबी खोलामा निर्माणाधीन आर्क ब्रीज ।

बारीमा कोदो टिप्दै स्थानीय महिला । जुम्लाको मुख्य बाली कोदो भित्र्याउन अहिले यहाँका कृषकलाई चटारो छ ।

कञ्चनपुरको पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव मन्दिर र यसको पृष्ठभूमिमा रहेका विचित्रको आकृतिको पहाड ।

मुस्ताङमा उत्पादित स्याउ बागलुङ बजारमा बिक्री गदैं एक व्यापारी ।

दशैको चटारोः पर्वतको कार्किनेटामा घर लिपपोत गर्न रातो माटो खन्दै स्थानीय महिला ।

तनहुँको प्रसिद्ध धार्मिकस्थल गलेश्वर आश्रम देवघाटस्थित वेदवेदाङ्ग विद्यालयमा निशुल्क अध्ययनरत बटुकहरु ।