काठमाडौं, २१ माघ । धुम्म परेको मौसम चिर्दै राति परेको पानीले फूलचोकीमा हिउँ परेको छ । फूलचोकीको चुचुरो देखि मध्यभागसम्म हिउँले ढाकिएको छ । तस्बिरहरुः
म्याग्दी, २० माघ: निर्माण नसकिँदै भाँसिन थालेको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३, पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन पुलको दबेको भाग देखाउँदै स्थानीयवासी । तीन दिनअघि ढलान भएको पुलको दायाँ र बायाँ
काठमाडौं, १९ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पार्किङस्थलमा बुधबार देखिएको मानिसको चहलपहल । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस
बेनी, १९ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४, बगरको जेल्टुङमा स्थानीय बासिन्दाले पालेका भेडा । तस्वीरः कमल खत्री÷रासस
म्याग्दी, १९ माघ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा चट्टान काटेर सडक विस्तार गरिँदै । यहाँ दैनिक ६ घण्टा यातायात सञ्चालन रोकेर सडक विस्तार भइरहेको छ । तस्बिरः
वालिङ, १९ माघ । स्याङ्जाको वालिङ–१४ तमादीकी भगवती लुइँटेल परालको गुन्द्री बुन्दै । पछिल्लो समय प्लास्टिकका गुन्द्री, म्याटलगायत सामग्रीले परालको गुन्द्रीलाई विस्थापित गर्दै गइरहेको छ । तस्बिरः तोलाकान्त बगाले÷रासस
काठमाडौं, १७ माघ । स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले मसाल जुलुस गरेका छन् । आज नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले मसाल जुलुस निकालेका हुन् । राजधानीको
गलकोट, १६ माघ: म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा रहेको तोरीसँगै टिकटक बनाउँदै आन्तरिक पर्यटक । अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा प्रचलित भएको छ ।-तस्वीरः खेमराज गौतम-रासस
गलकोट, १६ माघ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा रहेको तोरीसँगै टिकटक बनाउँदै आन्तरिक पर्यटक । अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा प्रचलित भएको छ । तस्वीरः खेमराज गौतम÷रासस
काठमाडौं, १४ माघ । काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि
बैतडी, १४ माघ । बैतडीको मुस्याचौर क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः विनोदसिंह विष्ट÷रासस
जलेश्वर, १३ माघ: महोत्तरी जिल्लाको मुख्य भन्सार (जलेश्वर भन्सार) नजिकै नेपाल–भारत सीमानाकामा नेपालतर्फ कलात्मक प्रवेशद्वार निर्माण हुँदै ।-तस्वीर ; सञ्जीतकुमार मण्डल-रासस