Logo
फोटो फिचर

गोल्डेन गेटको उद्घाटन गर्दै एमाले अध्यक्ष ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

दमक,११ पुस: दमक– ६ नगरपालिकासहित स्थानीयवासीका सहभागितामा करिब रु २१ लाखबाट निर्मित गोल्डेन गेटको आइतबार उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।-तस्वीर :

विस्तृत पढ्नुहोस
विद्यार्थीले बनाएको चार पाङ्ग्रे विद्युतीय कार

सुदूरपश्चिम, ११ पुस: निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले बनाएको चार पाङ्ग्रे विद्युतीय कार । कक्षा १० मा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले

मुक्तिनाथ मन्दिर जान सिढी निर्माण

दमौली, ११ पुस: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिढी । सिढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

टाउकोमा व्यवसाय, काखमा जिम्मेवारी

भजनी, ११ पुस: कैलालीको टीकापुर बजारमा प्लास्टिकको बाँटा बेच्न हिँड्दै गरेकी महिला । दैनिक साँझ र बिहानको छाक टार्नका लागि काखमा दूधे बालकलाई लिएर टाउकोमा प्लास्टिकको बाटा बेच्न हिँड्नु जीवनको

हिमपातकै बीचमा काम

जाजरकोट, ११ पुस । उपल्लो डोल्पाका सर्वसाधारणहरु हिउँ छिचोल्दै धो गाउँ तीर आउँदै । भारी हिमपातकै बीचमा काम गर्नुपर्ने यहाँको बाध्यता हो । तस्वीरः हेमन्त केसी, रासस

चट्टान आरोहण

दमौली, १० पुस: तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्दै आरोही । यस ठाउँको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य सहित पुस १२ गतेसम्म चट्टान आरोहण प्रतियोगिता सञ्चालन भईरहेको छ

विश्व मानचित्रको स्तम्भ

फुङ्लिङ, १० पुस: ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ अवस्थित धार्मिक पर्यटकीय स्थल सिद्धिडाँडा मन्दिर क्षेत्रमा रहेको विश्व मानचित्रको स्तम्भ ।-तस्वीरःदिलकुमार लिम्बू,-रासस

थन्काइएर राखिएका निगमका जहाज

काठमाडौं, १० पुस । जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज । तस्वीरः विमलबहादुर विष्ट÷ रासस

हुम्लामा हिमपात (फोटोफिचर)

सिमकोट, १० पुस । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात । हिमपातबाट जिल्लामा अत्यधिक चिसो कारण सर्वसाधारणलाई कष्टकर भएको छ । तस्वीरः दाने बोहरा÷रासस

पार्किङमा राखिएका हेलिकप्टर

काठमाडौं, १० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङमा राखिएका हेलिकप्टर । तस्वीरः विमलबहादुर विष्ट÷ रासस

घाम ताप्दै गोही

नवलपुर, ९ पुस: चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरु पानीबाट

नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै (फोटोफिचर)

मध्यपुर थिमि, ९ पुस: भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन

Screenshot