Logo
फोटो फिचर

खानेपानीको दुःख

-रिपोर्टर्स नेपाल/संवाददाता

खलङ्गा, २१ पुस । दुई दिनसम्म गाउँमा खानेपानी नआउँदा सेरी बजारबाट डोकोमा बोकेर खानेपानी घर ल्याउँदै जुम्लाको तिला गाउँपालिका – १ का बासिन्दा । तस्बिरः

विस्तृत पढ्नुहोस
मोहना नदीमाथि निर्माण गरिएको काठेपुल

कैलाली, २१ पुस । धनगढी उपमहानगरपालिका–३ को बडहरास्थित मोहना नदीमाथि निर्माण गरिएको काठेपुल । तस्बिरः तिलकराज ओझा÷रासस

कुहिरो र हुस्सुका बीच विद्यालय जाँदै गरेका विद्यार्थी

कञ्चनपुर, २१ पुस । कुहिरो र हुस्सुका बीच शुक्लाफाँटा नगरपालिका १० झलारी बजारका विद्यार्थी विद्यालय जाँदै । कञ्चनपुरमा अत्यधिक चिसो बढेसँगै यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । तस्वीरः राजेन्द्रप्रसाद

बागलुङको गलकोटमा बिक्रीका लागि राखिएका सुन्तला

बागलुङ, २१ पुस । बागलुङको गलकोटमा जारी खेलकुद तथा सांस्कृतिक महोत्सवमा बिक्रीका लागि राखिएका सुन्तला । महोत्सवमा कृषि उपजको प्रदर्शनी कक्षसमेत छ । तस्वीरः रामबहादुर थापा÷रासस

चिसोमा पालमुनि रात काट्दै पहिरोपीडित (फोटोफिचर)

कावासुती, २१ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा पहिरोपीडितका लागि बनाइएका टेन्ट । चिसो मौसममा पीडित परिवार टेन्टभित्र रात बिताउन बाध्य रहेका छन् । तस्वीरः दयाराम आचार्य÷रासस

वनहरा नदीमा पुल नहुँदाको सास्ती

कृष्णपुर, २१ पुस । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नु पर्ने अवस्था

ग्यासबाट सञ्चालित टेम्पो सयर गर्दै देउवा

धरान, २० पुसः: प्रधानमन्त्री शेरबहादुर देउवा धरान उपमहानगरपालिका–६, पानमारामा फोहोरमैला प्रशोधन गरी उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर टेम्पोको शुभारम्भ गर्दै ।-तस्बिरः रोशन सापकोटा-रासस

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, १९ पुसः निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।-तस्बिरः राधिका कँडेल-रासस

हिउँको मान्ठा

सिमकोट, १९ पुस: हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा हिउँ अझै पग्लिन । हिउँ नपगलिएपछि यहाँका बासिन्दो मान्ठा बनाएर रमाउने गरेका छन् ।-तस्वीर : दाने बोहरा-रासस

विन्ध्यवासिनी मन्दिरमा सन्ध्याकालीन आरती गरिँदै

बेनी, १८ पुस: पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा सन्ध्याकालीन आरती गरिँदै । पछिल्ला दिनमा पोखराका विभिन्न ठाउँमा हुने आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका पर्यटक एवं स्थानीय बासिन्दाको लागि

माझफाल गाउँमा हिमपात (फोटोफिचर)

जाजरकोट, १७ पुस । डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको ३३औँ सभा बैठक बस्दै (फोटोफिचर)

काठमाडौँ, १६ पुस: पूर्वाञ्चल विश्वविद्यालयको ३३औँ सभा बैठक शुक्रवार बालुवाटरमा बस्दै ।-तस्वीर : रोशन सापकोटा-रासस

Screenshot