Logo

Tag: फोटोग्राफी

डोल्पामा नेटवर्कको समस्या

डोल्पाको मुड्केचुला गाउँपालिकाको त्रिवेणीमा टेलिफोनको टावरले काम नगर्दा घरबाट सिडिएमए फोन बोकेर नेटवर्कको पहुँच भएको ठाउँमा आई फोन गर्दै स्थानीय महिला । तस्बिरः हेमन्त केसी,

विस्तृत पढ्नुहोस
जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार

बझाङ्गी राजा जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार । बिंसं १९३४ मा जयपृथ्बी बहादुर सिंहको जन्महुँदा राणाहरुले काठमाडैबाट हात्तीको बच्चा ल्याइ राखेको थियो । तस्बीर ललित सिंह बझाङ्ग रासस

तयारी आ–आफ्नो

यार्सागुम्वा टिप्नजानेहरुका लागी दैनिक उपभोग्य समानहरु विक्री गर्न बसेका स्थानीय व्यापारी तस्बीरः ललित सिंह बझाङ्

आठ वटा खुट्टा र चार वटा कान भएको अनौठो बाख्रा

आठ वटा खुट्टा भएको अनौठो बाख्रापाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको आठ वटा खुट्टा भएको, एक वटा टाउको, छातीबाट तल

सूर्योदयको मनमोहक दृश्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलबाट देखिएको सूर्योदयको मनमोहक दृश्य । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिल सूर्योदयको दृश्य अवलोकनको केन्द्र मानिन्छ । तस्वीरः कमल खत्री,

ल्याप्टपमा कविता देखाउँदै लेख्दै यामबहादुर

पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोट घर भएका २० वर्षिय यमबहादुर खाम्चा कक्षा १० मा अध्ययनरत छन् । बोल्न र हिड्न र हातले केही काम गर्न नसक्ने यमबहादुरले खुट्टाले नै लेख्ने,

किसानको दैनिकि

कञ्चनपुर देखतभूलीका किसान गोरु गाडामा गहुँ राखेर वनहरा नदी पार गर्दै । तस्वीर राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर

पम्परागत हुके नाच

जुम्लाको पम्परागत हुके नाच देखाउँदै स्थानीय । तस्विर ः विजय रावत खलंगा,जुम्ला

अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै

म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको पर्यटकिय स्थल रुईसेमा अन्नपूर्ण हिमाललाई पृष्ठभुमिमा राखेर बनभोज खाँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री, रासस, बेनी (म्याग्दी ) ।

सूर्यमुखी फूल

सुनसरीको कोशी र भोक्रहा नरसिंह गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्ग छेउमा तेलहन बालीका रुपमा लगाइएको सूर्यमुखी फूल । तस्विरः अजितकुमार झा, इनरुवा

टावरबाट हिमाल अवलोकन गर्दै पर्यटक

समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा पुगेका पर्यटक पुनहिल टावरबाट हिमाल अवलोकन गर्दै । तस्बिरः कमल खत्री, रासस, बेनी, म्याग्दी

बसाइ सराई

बाजुरा, चिसो छल्न भेडाच्याङ्ग्रा सहित बेसी झरेका भोटो जनजाती गर्मी बढेपछि जन्मथलोतिर जाँदै । तस्वीरः गंगराज पण्डित

Screenshot