Category: राष्ट्रिय

अध्यक्ष लोहनीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ, १० पुस (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई कायम राख्दै अब पार्टीले देशभर संगठन सुदृढीकरणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख … पुरै पढ्नुहोस

पार्टी एकता सरकार गठन पछि हुन्छ : शेरधन राई
काठमाडौं, १० पुस । नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना/मसिना दलहरुलाई समेत समेट्नगरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै … पुरै पढ्नुहोस

समानुपातिक स्थान बाँडफाँटमा राजपा
काठमाडौँ, १० पुस (रासस) : राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँटमा लाग्दैछ ।नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ । समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त विवाद किनारा लगाउन आज अपराह्न १ बजेका लागि बैठक बोलाएको भए पनि नेताहरूको अनुपस्थितिका कारण बैठक बस्न … पुरै पढ्नुहोस

युवाशक्ति बाहिरिनु शिक्षा क्षेत्रको असफलता : गुरुङ
मध्यनेपाल, लमजुङ, १० पुस रासस : प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले युवाशक्ति बाहिरिनु देशको शिक्षा क्षेत्रको असफलता रहेको बताउनुभएको छ । आज लमजुङको मध्यनेपाल–१ जितास्थित सूर्यज्योति माविको ४३ औँ वार्षिकोत्सवमा उहाँले भन्नुभयो –“शिक्षा क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवा बेरोजगार बन्नुपरेको छ ।” “शिक्षा क्षेत्रबाट जति पनि जनशक्ति उत्पादन भएका छन्, ती बाहिरएका अवस्था छ”, … पुरै पढ्नुहोस

एमालेभित्रै रहेर मधेशका अधिकार स्थापित गर्छु : सांसद गुप्ता
कपिलवस्तु, १० पुस (रासस) : कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं २ का नवनिर्वाचित सांसद वृजेशकुमार गुप्ताले राजपा परित्याग गरी स्वतन्त्र समूह घोषणाबाट निर्वाचनमा उत्रिएको आफूलगायत आफ्नो समूहले नेकपा (एमाले) भित्र रहेर मधेश र मधेशीको अधिकार स्थापनाका लागि क्रियाशील रहने बताउनुभएको छ । यहाँ आजसञ्चारकर्मीसँग कुरा गर्दै नेता गुप्ताले तराई मधेशका दलित, जनजाति, आदिवासी, मुसलमानलगायत पछाछि परेका … पुरै पढ्नुहोस

अध्यादेश तुरुन्त जारी गर्न काँग्रेस भ्रातृसंस्थाको माग
काठमाडौँ, १० पुस : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन् । भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाएको उक्त अध्यादेश हालसम्म जारी नभएकोमा दुःखसमेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा … पुरै पढ्नुहोस

नेपाल शिक्षक महासंघद्धारा विद्यालय व्यवस्थापन सम्बन्धमा बनेको कार्यविधि–२०७४ प्रति गम्भिर ध्यानाकार्षण
‘आफ्नो अधिकार प्रयोग गर्दा सरोकारवाला सबैलाई समेट्नुपर्छ’ काठमाडौं, १० पुस । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले स्थानीय तहको क्षेत्र–विद्यालय शिक्षा व्यवस्थापनका सन्दर्भमा आफ्ना नयाँ दृष्टिकोणहरु सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर स्थानीय तहको शिक्षा सञ्चालन र नियमनका सम्बन्धमा बनेको कार्यविधि–२०७४ को बारेमा ध्यानाकर्षण जनाउँदै आफ्ना धारणाहरु आज सार्वजनिक गरेको हो … पुरै पढ्नुहोस

महन्थ ठाकुर र राष्ट्रपतिबिच भेटवार्ता, अध्यादेश जारी गर्नुपर्ने ठाकुरको सुझाब
१० पुस, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको बारेमा छलफल गर्नका लागि ठाकुरालाई शितल निवास बोलाएकी थिइन् । छलफलका क्रममा नेता ठाकुरले अध्यादेश जारी गर्न सुझाब दिएका छन् । अहिलेको परिस्थितीमा अध्यादेश जारी गर्नुको विकल्प नभएको भन्दै ठाकुरले राष्ट्रपतिलाई … पुरै पढ्नुहोस

वडाध्यक्ष सुनबहादुर तामाङको भारतका चार स्थानमा यौन धन्धा,तीनजना पीडित महिलाद्धारा तामाङविरुद्ध सिआइबीमा जाहेरी
१० पुस, काठमाण्डौ । महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तामाङलाई बुधबार अपराह्न दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगतै नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित … पुरै पढ्नुहोस

अध्यादेश जारी नगर्नुको मतलब संविधानको उल्लङ्घन गर्नु हो : राजपा नेता लाल
१० पुस, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता बृजेशचन्द्र लालले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्नुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लालले राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नुपर्नेमा जोड दिए । संविधानअनुसार चल्नुपर्ने विषयमा सहमति गर्नुपर्ने भन्दै अध्यादेश रोक्न नहुने उनले बताए । सहमतिका आधारमा अध्यादेश … पुरै पढ्नुहोस