Logo

कविता : रुमन न्यौपाने ‘अमन्त’



काठमाडौं, २० बैशाख । आजको सर्जक र सिर्जनामा रुमन न्यौपानेको कविता

कविता  : मेरो धरातल
तिमी
अनि तिम्रो प्रतिबीम्ब
तिम्रो उदाशिनता

केलाउँछु निस्फीक्री संग
तर म
खेल्दा खेल्दै हारीसकेको ।
झर्दा र्झदै फुल्न खोज्ने ।
अष्पस्ट पराजय,
र्दुबोद मनस्थिति,
अब,
एक्लै धरातलमा उभीन सक्दिन ।

आधारहिन
आकारहिन

रङ्गहीन क्षीतीजमा रम्न खोज्छयौ तिमी
म त
पुर्ण रङ्ग हुँ ।
क्षितिज खुलाउने
क्यानभास रङ्गगाउने ।
तिमी मेरो रङ्गमा खुल्न आईनौ
म त
झर्दा र्झदै फुल्न खोज्ने
खेल्दा खेल्दै हार्न खोज्ने ।
दिग्भ्रमीत भएर,
अब
एक्लै धरातलम उभीन सक्दीन ।


बरफ जमेर ढिक्का भएको
पारर्दशि,
स्वच्छन्द,
म भित्र देख्न सक्छौ ।
स्पष्ट
तिम्रो छाँया चित्रहारिणी ।
तिमी म संग जम्न आईनौ ।
म त
जम्दा जम्दै पग्लीसकेको
फुल्दा फुल्दै झरी्सकेको ।
अब,
एक्लै धरातलम उभीन सक्दीन ।


भुमरी भएर सबथोक उडाउन चहाने
अकल्पनिय,
सर्बबिनाशी,
म भित्रको उराठलाग्दो
चक्कर झेल्न चाहीनौ
अनी
बेखबर,
बिना सुचीत,
निरुदेश्य मलाई फेरो लाउन छोडीदीयौ ।
म त
उड्दा उड्दै खस्र्न खोज्ने ।
फुल्दा फुल्दै झर्न खोज्ने
अब,
एक्लै धरातलम उभीन सक्दीन ।



प्रतिक्रिया दिनुहोस्