Logo

सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु



जुम्ला, ६ जेठ । सामुदायिक रेडियो “खुला आकाश” ९९।६ मेगाहर्ज जुम्लाले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ ।

चन्दननाथ नगरपालिका– ६ विजयनगर जुम्लामा स्थापित रेडियोले वैशाख २७ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको स्टेसन म्यानेजर रवि नेपालीले जानकारी दिनुभयो ।

जुम्लामा हालसम्म स्थापित तीन सामुदायिक रेडियो एफएमले सामुदायिक रेडियोको उद्देश्य पूरा गर्न नसकेको र समग्र नागरिकमा सञ्चारको पहुँच नभएकोले यो रेडियो स्थापना गरिएको स्टेसन म्यानेजर नेपालीले बताउनुभयो ।

“हामी कर्णाली क्षेत्रको सञ्चार विकास गर्नुका साथै यसलाई जनमुखी बनाउँछौं र यसको प्रभावकारितामा जोड दिन्छौं” उहाँले भन्नुभयो ।

यसको स्थापना तत्कालीन जिल्ला विकास समिति जुम्ला अन्तर्गत सांसद् डिल्लीप्रसाद काफ्लेको संसद् विकास कोषबाट रु ४२ लाख बजेट र गैरसरकारी संस्था सुशासन सङ्घको अगुवाइमा रेडियो “खुला आकाश”को स्थापना गरिएको थियो ।

रेडियो खुला आकाशसहित अब जुम्लामा कर्णाली एफएम, नारी आवाज र सिञ्जा एफएमगरी चार सामुदायिक रेडियो सञ्चालनमा आउने भएका छन् । खुला आकाश २० दिनसम्म परीक्षण प्रसारण गर्ने र त्यसपछि नियमित प्रसारण सुरु गर्ने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot