Logo

भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित



काठमाडौं, २३ जेठ। नेपालले भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा हार व्यहोरेको छ ।

मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । नेपालले ६०औं मिनेटमा पहिलो तथा ७८औं मिनेटमा दोस्रो गोल खाएको हो ।

खेलको ६८औं मिनेटमा भारतीय खेलाडीलाई ‘फाउल’ गरेका कप्तान विराज महर्जनले रातोकार्ड खाँदै बाहिरिनुपरेको थियो । नेपालका लागि मध्यान्तरअघि नवयुग श्रेष्ठले गोल गर्ने सुन्दर अवसर खेरफालेका थिए ।

एसिया कप छनोट फुटबलअन्तर्गत् यही जेठ ३० गते काठमाडौंमा हुने यमनविरुद्वको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । भारत पनि एसिया कपको तयारीमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot