Logo

कतारमा नेपाली ट्रक चालक काम विहिन



मनिला, २४ जेठ । खाडी क्षेत्रका चार मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि देखा परेको संकटका कारण कतारमा नेपाली कामदार काम विहिन भएका छन् । कतारमा लगभग ४ लाख नेपाली बसोबास गर्दै आएको समाचार कारोबारमा छ।

काठमाडौमा श्रम र आप्रवासन विशेषज्ञ गणेश गुरुङले साउदी–कतारकमो सीमा बन्द भए लगत्तै नेपाली ट्रक चालकहरुले पहिलेनै काम गुमाइकेको उनले बताए । यदी संकटको अवस्था थप गहिरिएमा अझै धेरैले काम गुमाउने उनको भनाई छ ।

“नेपाल ठलो परिमाणमा विदेशी रेमिट्यान्समा भर परेकाले यसले प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्तमा प्रभाव पार्नेछ,” गुरुङले बताए ।यसैबीच फिलिपिन्सले पनि कतारमा कामदार पठाउन बन्द गरेको छ ।

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायतका केही अरब मुलुकहरुले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । साउदी अरेबियाले कतारसँगको सबै थल, जल र हवाई रुट बन्द गरेको छ ।

यूएईले पनि कतार उडानको आफ्नो विमानस्थल र बन्दर्गाहा बन्द गरेको छ ।अरब राष्ट्रहरुले आफ्नो छिमेकी मुलुक कतारमाथि आतंकवादलाई समर्थन गरेको र क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाएका छन् ।

कतारले भने यो आरोप आधारहीन भएको दावी गर्दै आएको छ ।कतारको जनसंख्या केबल २२ लाख मात्रै छ । यो मुलुकमा बस्ने धेरैजसो नागरिक विदेशी छन् ।

अर्थतन्त्रलाई धान्नका लागि ग्यास समृद्ध यो मुलुक ठूलो मात्रामा आप्रवासी कामदारमाथि निर्भर रहदै आएको छ । यसमा इन्जिनियर, चिकित्सक र बैंकरका साथसाथै निर्माण मजदुरहरु छन् ।

कतारले कतार २०२२ फूटबल विश्व कपको आयोजनाका लागि आवश्यक रंगशाल निर्माण गर्न ठूलो मात्रामा निर्माण मजदुरहरुलाई काममा लगाउदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot