Logo

तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा



नुवाकोट, २६ जेठ । लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले सो रकम गाउँपालिकाभित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रावृत्ति, स्टेसनरी, पोसाक लगायतको शीषर्कमा खर्च गर्ने बताउनुभयो । “दलित विद्यार्थीलाई शिक्षामा जागरुक बनाएर चेतनाको स्तर वृद्धि गर्न यो घोषणा गरेको हुँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “माध्यामिक तहसम्म पोसाक, स्टेसनरी, खाजा लगायतका कार्यक्रम चलाउने र उच्च शिक्षा अध्ययनका लागि नगद छात्रवृत्ति दिने योजना बनाएको छु ।”

गाउँपालिकाभित्र करिब पाँच प्रतिशत दलित जनसङ्ख्या छ ।
यसअघि २०४९ र २०५४ सालमा साबिकको चौघडा गाविसको अध्यक्ष पदमा निर्वाचित हुँदा पनि उहाँले पदमा प्राप्त सुविधालाई जनजाति र दलित विद्यार्थीको हितमा खर्च गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot