Logo

ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु



 

राजविराज, ३१ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु भएको छ ।

मङ्गलबारदेखि राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको बन्दका कारण राजमार्गमा रोकिराखेको को १ ख ३९७४ नंको बाँस लोड गरेको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प ६२५३ नंको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको तेरौता–७ बस्ने ४० वर्षीय तेजनारायण चौधरी र पछाडि सवार नाम र ठेगाना नखुलेका अन्दाजी २१ वर्षीय एकजनाको मृत्यु भएको छ । ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot