Logo

विद्युत् उत्पादन गृहमा तालाबन्दी



नवलपरासी, ३१ जेठ । विद्युत् आपूर्ति ठप्प भएको विरोधमा स्थानीयले नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी गरेका छन् ।जिल्लाको गुठीसूर्यपूरास्थित गण्डक जल विद्युत् केन्द्रमा मङ्गलबार स्थानीयद्वारा कार्यालय घेराउ गरी विद्युत् महसुल कक्षमा तालाबन्दी गरेका हुन् ।

प्रतापपुर गाउँपालिका–८ पिपरपातीमा करिब १५ दिनदेखि ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या आएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति पूर्णरुपमा ठप्प हुँदा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको स्थानीयको गुनासो छ ।

गाउँमा १०० केबीको ट्रान्सफर्मर जडान गर्नका लागि करिब छ महिना अगाडि नै नेपाल विधुत प्राधिकरणमा उजुरी गरेको भए पनि हालसम्म बेवास्ता गरेको हुँदा बाध्य भएर ताला लगानुपरेको स्थानीयले बताएका छन् ।

विद्युत् सञ्चालन गर्नका लागि प्राधिकरणले त्यस ठाउँमा ५० केबीको ट्रान्सफर्मर जडान गरिएको थियो । बिग्रीएको ट्रान्सफर्मर मर्मतका लागि स्थानीयले दवाव स्वरुप तालावन्दी गरेको स्वीकार गर्दै बिद्युत् उत्पादन गृहका प्रमुख सुरेश रावतले भन्नुभयो “उक्त ट्रान्सफर्मर मर्मतको काम अघि बढाईएको र केहि दिनमै मर्मत भएर त्यहाँ विधुत सुचारु हुनेछ ।” ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot