Logo

इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश



काठमाडौं, २० असार । इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश गरेका छन् । इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीको दुई दशक लामो बसाई सकाउँदै टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्ला गएका हुन् ।

गत महिनाको अन्त्यमा चेल्सीसँगको करार सम्झौता सकिएपछि टेरी एस्टन भिल्ला गएका हुन् ।अन्य प्रिमियर क्लवहरुले आफूलाई अफर गरे पनि चेल्सी विरुद्ध एउटै श्रेणीमा फुटबल खेल्न चाहना नभएकाले च्याम्पियनसिप क्लब एस्टन भिल्ला प्रवेश गरेको टेरीले बताएका छन् ।

टेरीले सन् १९९८ देखि यो वर्षसम्म चेल्सीबाट व्यावसायिक फुटबल खेले ।यो अवधिमा चेल्सीको नियमित कप्तान समेत रहेका टेरीले ५ पटक इङ्लिस प्रिमियर लिग फुटबल तथा एक पटक युएफा च्याम्पियन्स लिग जितेका छन् ।

आफ्नो देश इङ्ल्यान्डका लागि भने टेरीले ७८ खेल खेलेका छन् । टेरीले क्लबको लागि विभिन्न प्रतियोगितामा कुल ६७ गोल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot