Logo

नेपाललाई जापान स्की संघबाट खेल सामाग्री सहयोग



काठमाडौं, २९ असार । नेपालमा स्की खेलको बिकासको लागि जापान स्की संघले खेल सामाग्री सहयोग गरेको छ ।

काठमाडौंस्थित जापानी दुतावासमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासासी ओगावाले नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गरेका छन् ।

जापानले नेपाल स्की संघलाई १२ सेट स्की, ६ जोर जुत्ता तथा ६ जोर स्पोर्ट्स वेयर हस्तान्तरण गरेको हो । एक सेट स्की खेल सामाग्रीको मुल्य झण्डै दुई लाख नेपाली रुपैंया पर्न आउँछ ।

सन् २०२० को ओलम्पिक खेलकुद आयोजक जापानले अहिले विश्वभर स्पोर्ट्स फर टुमारो नामक कार्यक्रममार्फत खेल बिकाशमा सहयोग गर्दै आएको छ ।

यही कार्यक्रम अन्तर्गत नेपालका खेलाडीहरुलाई जापानमा प्रशिक्षण गराउने तयारी समेत जापानले गरेको बताईएको छ ।नेपालमा सन् २००७ मा स्की संघ स्थापना भएपनि हालसम्म स्की खेल्ने आधिकारीक ठाँउ बनाउन सकिएको छेन ।

विदेशमै प्रशिक्षण गरेर भएपनि अहिले नेपालमा झण्डै डेढ दर्जन स्की खेलाडीहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot