Logo

बुबासँग फिरौती लिने छोरा पक्राउ



काठमाडौं ९ साउन । आफू अपहरणमा परेको नाटक गर्दै बुबासँग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ वर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ ।

प्रहरीले सिरहाको धनगढी नगरपालिका–४ का २४ वर्षीय रविन चौधरी र सप्तरीको सुरुंगा नगरपालिका ५ का २० वर्षीय नागेन्द्र चौधरीलाई सप्तरीको शम्भुनाथ चोकबाट नियन्त्रणमा लिएपछि अपहरणको रहस्य खुलेको थियो ।

पक्राउ परेकाको बयान अनुसारै अपहृत भनिएका मण्डललाई सप्तरीको कडरवोना चोकमा फेला पारेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

कार मर्मतको व्यापार घाटा लागेपछि बुबा गोसाई मण्डलसँग रकम माग गर्दा नपाएपछि छोराले अपहरणको नाटक रचेका थिए । छोरा बुधबारदेखि बेपत्ता भएको र फिरौती माग भएको भन्दै तनावमा परेका गोसाईले उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । फिरौती रकम लिएर शम्भुनाथ मन्दिर चोकमा आएका गोसाईले रकम दिनासाथ सादा पोशाकका प्रहरीले नागेन्द्र र रविनलाई नियन्त्रणमा लिएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot