Logo

समलिङ्गी जोडी शाही र योगीले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटे खुशी



काठमाडौं, २१ साउन । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले हजारौ संख्यामा रहेका तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकीछिन् ।

शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्ते बताएकी हुन् । डढेल्धुरा स्थायी घर भएका रमेशनाथ योगीसँग विवाह गरेपछि श्रीमतीको नाता प्रमाणित भएपछि आयोजना गरिएको पत्रकार सम्मेलन गरेर शाहीले तेस्रो लिङ्गीहरुले मुलुकमा सम्मानजनक तरिकाले बाँच्न पाउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘नेपालमा तेस्रो लिङ्गीहरुलाई मान्छेको रुपमा गनिएको छैन, हामी यो कुरालाई कदापि मान्न सक्दैनौं, अब पनि यस्तो खाले अन्याय हुन्छ भने हामी यसलाई देशव्यापी रुपमा चिर्नको लागि तयार भैसकेका छौं, यसको ज्वलन्त उदाहरण हामी समलङ्गीवीच भएको विवाह हो, अनि सरकारले हामीलाई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ।’ उनले आफूहरुको जोडीले विवाह गरेर यस्तो प्रमाणपत्र हाँसिल गरिसकेपछि यो दक्षिण एशियाकै नमूना कार्य भएको समेत दाबी गरिन् ।

त्यस्तै कार्यक्रममा शाहीका पति योगीले मनिकाजस्तो महिला यो समाजमा आवश्यक रहेको बताउँदै भने,‘हामी समलिङ्गी हौं, अहिले हामीवीच वैवाहिक सम्बन्ध गाँसिएको छ, सरकारले हामीलई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ, यसले हामीलाई निकै खुशी तुल्याएको छ, किनकी नेपालमा समलिङ्गीहरुको पहिलो विवाह हो।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot