Logo

गायक बद्री पंगेनीले ऋषि धमलाका लागि भोट माग्ने



२ कात्तिक, काठमाण्डौ । लोक दोहोरी गायक बद्री पंगेनीले यस पटकको देउसी भैलोलाई देश विकासको संवाहकको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गायक पंगेनीले आफुले पनि नेपाललाई समृद्धिको बाटो तर्फ लैजाने शब्दलाई प्राथमिकता दिदै देउसी भैलो खेल्ने बताए ।

देशमा राजनीतिक कुरा मात्र धेरै हुने गरेको भन्दै पंगेनीले विकास र समृद्धिलाई अघि सार्नुपर्ने बताए । देउसी भैलोको माध्यमबाट दल तथा नेताहरुलाई देश विकासमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाई थियो ।
फरक प्रसंगमा पंगेनीले ऋषि धमलालाई चुनाव लड्न आग्रह गर्दै त्यसका लागि आफुले पनि सहयोग गर्ने बताए । धमला जहाँबाट चुनाव लडे पनि जित्ने सम्भावना रहेको भन्दै आफु धमलाका लागि भोट माग्न तयार रहेको पंगेनीले बताए ।

उनले तपाई कहाँबाट चुनाव लड्दै हुनुहुन्छ भनेर धमलालाई प्रश्नसमेत गर्न भ्याए । सधैँभरी धमलाले अरुलाई प्रश्न गर्ने गरेको भन्दै आफुल कहाँबाट चुनाव लड्ने हो भनिदिनुस् जनता जान्न चाहन्छन् भन्दै पंगेनीले धमलालाई प्रश्न गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot