Logo

समानुपातिक सूचिमा हतियारधारी ल्यारक्याल लामादेखि हिसिला यमीकी दिदी तिमिलासम्म



-कमलमणि पोख्रेल

कात्तिक १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले समानुपातिकको सूचीको पहिलो नम्बरमा पूर्वमन्त्री रेखा शर्मालाई राखेको छ । ल्ह्यारक्याल लामा पनि माओवादीको समानुपातिक सूचीमा परेका छन् । उनको नाम बन्दसूचीको ५६ औं नम्बरमा छ ।

पहिलो संविधानसभामा एमालेबाट समानुपातिबाट सांसद बनेका लामा दोस्रो संविधानसभामा माओवादीवादीबाट समानुपातिकबाट सांसद बनेका थिए ।
अर्थ राज्यमन्त्री हुँदा दोहोरो नागरिकता भेटिएपछि उनले राजीनामा दिएका थिए ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची अनुसार रेखा पहिलो नम्बरमा छिन् भने दोस्रो नम्बरमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, तेस्रो नम्बरमा धर्म्शिला चापागाईँ र चौथो नम्बरमा सत्या पहाडी छिन् ।

नयाँ शक्ति पार्टीको समानुपातिकको पहिलो नम्बरमा नायिका करिष्मा मानन्धर परेकी छन् ।
निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिकको अन्तिम बन्द सूचिमा नयाँ शक्तिबाट पार्टीबाट करिष्मा मानन्धरको नाम एक नम्बरमा छ ।
मानन्धर नयाँ शक्ति पार्टी निर्माण भएसँगै नयाँ शक्तिमा प्रवेश गरेकी थिइन । उनी पार्टीको केन्द्रीय परिषद सदस्य हुन् ।

यस्तै नयाँ शक्तिबाट हिसिला यमीकी दिदी तिमिला यमी पनि समानुपातिकमा परेकी छन्
नेपाली कांग्रेस समानुपालिको पहिलो नम्बरमा सीतादेवी यादव परेकी छन् ।

निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिकको अन्तिम बन्द सूचीमा यादवको नाम कांग्रेसको पहिलो नम्बरमा छ ।
सीतादेवी नेपाली कांग्रेसको वर्तमान कोषाध्यक्ष समेत हुन् ।

यस्तै दोस्रो नम्बरमा चित्रलेखा यादव परेकी छन् । उनी कांग्रेसकी पूर्व कोषाध्यक्ष हुन् । तेस्रो नम्बरमा बालकृष्ण खाँड परेका छन् भने सुजता कोइराला चौथो नम्बरमा परेकी छन् । यस्तै पाँचौ नम्बरमा मानबहादुर विश्वकर्मा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्